News Portal

  • उपचारमा जानुअघि अध्यक्ष लक्ष्मणले भने–चाँडै फर्केर आउँनेछु, चिन्ता नगर्नुहोला

    डबली संवाददाता२०७७ बैशाख २८ गते
    ५६० पटक

    कालिकोट । जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले जनताको मायालाई कसैले अपराधिक गतिविधि गरेर कमजोर नहुने बताएका छन् । आफ्नो तर्फबाट कमी नहुने भन्दै स्थानीयबासीलाई चिन्ता नगर्न भनेका छन् । उपचार जानु अघि सामाजिक संजाल फेसबुकमा अध्यक्ष बमले आफूमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन माग समेत गरे ।

    शनिबार बमलाई वडाअध्यक्ष र आफ्नै पार्टीका गाउँपालिका अध्यक्षलमाथि आक्रमण गरेका थिए । वडा नम्बर –२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा वडा अध्यक्ष मान बहादुर भण्डारी र पार्टीका अध्यक्ष विष्णु रोकायाको नेतृत्वमा बममाथि भौतिक आक्रमण भएको थियो । कुटपिटमा बमकी श्रीमति र भतिजि पनि घाइते भएकी छन् ।

    अध्यक्ष बमसहित घाइतेको उपचारको लागि आइतबार हेलिकोप्टरबाट उद्दार गरी सुर्खेत लगिएको छ ।

    बमले आफू सुरक्षित सुर्खेत पुगेको बताएका छन् । “म कालागाउँ अस्पताल सुर्खेत पुगिसकेको छु, शुभचिन्तक र पलाँताबासी जनसमुदायलाई म प्रति गरेको मायाको ऋणि छु । अर्को जुनिसम्म र मेरो साखा सन्तानबाट पनि तिर्ने प्रतिबद्धता जाहेर गर्दछु” बलमे फेसबुकमा लेखेका छन् ।

    स्थानीय प्रहरीका अनुसार बिहान ११ बजेतिर गाउँमा उपभोक्ता गठन सम्बन्धि छलफल भइरहेको बेला वडा अध्यक्ष बममाथि एक्कासी आक्रमण भएको थियो । पार्टी अध्यक्ष र वडा अध्यक्षलगायतको टोलीले गरेको आक्र’मण गरेर थियो । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि थप उपचारको लाथि हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो । घटनापछि स्थिति तनावपूर्ण भएपछि प्रहरीले सुरक्षा दिएको थियो ।

    घटनास्थलमा जिल्ला सदरमुकाम मान्मबाट शसस्त्र प्रहरी, रास्कोट र पचालझरना गाउँपालिकाबाट पनि प्रहरीको टोली परिचालित भएको थियो । आइतबार उपचारको लागि हेलिकोप्टर गाउँमा पुग्दा पलाँताबासीले बमको पक्षमा नाराबाजी गरेका थिए । उनीहरुले दोषीलाई कारवाहीको माग गरेका थिए । उनले बमलाई माथि हमला सिंगो गाउँबासीमाथि भएको समेत बताएका थिए ।

    केही समय पहिले अध्यक्ष बमलाई पार्टीबाट कारवाही गरिएको थियो । त्यसपछि स्थानीय पार्टी र उनीबीचको सम्बन्ध राम्रो थिएन ।

    प्रतिकृया दिनुहोस्