News Portal

  • ओबामाले भने- ट्रम्प कोरोनासँग अराजक रुपमा जुधिरहेका छन्, यसरी जितिँदैन

    डबली संवाददाता२०७७ बैशाख २८ गते
    ४५६ पटक

    काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले राष्ट्रपति डोनल्ड ट्रम्प अराजक बन्दै गएको बताएका छन् । ओबामाले अमेरिका कोरोनासँग अराजक ढंगबाट जुधिरहेको समेत बताउँदै यसरी नजितिने बताए ।

    कोरोनाबाट ८० हजार भन्दा बढीको मृत्यु भएपछि ओबामाले मुख खोलेका हुन् । ओबामाले कोरोना रोकथाम तथा नियन्त्रणको ट्रम्पले चालेको कदमको कडा आलोचना गरेका छन् ।

    सिएनएनलाई उदृद्ध गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ओबामाले ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन अधिकारीसँगको कुराकानीको ट्रम्प अराजक बन्दै गएको भन्दै यसरी कोरोना नियन्त्रण हुन नसक्ने बताएका छन् । ओमाबामाले भने, “जसरी अमेरिकाले यो महामारीसँग जुधिरहेको छ त्यसलाई पूर्ण रुपमा एक अराजक–आपत्तियुक्त स्थिती बताएका छन् ।”

    त्यसैगरी ओबामाले नोभेम्बरमा हुने चुनावमा जो बिडेनको समर्थन गर्दै एउटा ठूलो भूमिका निभाउन चाहेको बताए । ओबामा एलुम्नाई असोसिएसनका सदस्यसँगको करिब आधा घण्टाको उक्त कुराकानीमा विश्वव्यापी महामारीको यो समयले मजबुत सरकारको नेतृत्वको आवश्यकतालाई पुनः एकपटक स्मरण गराइदिएको ओबामाले बताए ।

    उक्त टेलिफोन वार्ता ओबामाका पूर्वकर्मचारीलाई बिडेनको चुनावी अभियानमा बढीभन्दा बढी सक्रिय रहन आग्रहसहित गरिएको थियो । “आउँदै गरेको चुनाव अत्याधिक महत्वपूर्ण छ किनभने हामी विशेष एक व्यक्ति वा राजनीतिक पार्टीसँग संघर्ष गरिरहेका छैनौं, हामी जुन कुराविरुद्ध लडिरहेका छौं, त्यो दीर्घकालीन प्रवृत्ति हो जसमा –स्वार्थी हुनु, आदिवासी हुनु, विभाजित हुनु र अन्य व्यक्तिलाई दुश्मन देख्नु– यो अमेरिकी जीवनमा एक बलियो आवेग बनेको छ” ओबामाले भने ।

    याहू न्यूजले टेलिफोनवार्ताको अडियो रेकर्डसमेत प्रकाशित गरेको छ ।

    प्रतिकृया दिनुहोस्