News Portal

लिपुलेकमा सडक निर्माण गरेपछि मधेशमा नाराः ‘ब्याक गो इन्डिया’

डबली संवाददाता२०७७ बैशख २८ गते
३४१ पटक

काठमाडौँ । भारतले अतिक्रमण गरी लिपुलेकमा सडक बनाएपछि मधेसबासीले पनि विरोधमा उत्रेका छन् । भारतले नेपालको राष्ट्रियतामाथि हमला गरी चीनसँग जोड्ने सडक निर्माण गरेको भन्दै बिराटनगरसहितका ठाउँहरुमा विरोध प्रदर्शन सुरु भएको हो ।

भारतीय हस्तक्षेपले सीमा नाघेको भन्दै विराटनगरबासी लकडाउनलाई तोडेरै सडकमा निस्किएका हुन् । उनीहरु नेपाल भारत सीमामै पुगेर भारतविरुद्ध नाराबाजी गरेका थिएए ।

लकडाउनबीच युवाहरुले जोगबनी नाकावारि सीमा नजिक पुगेर लिपुलेक हुँदै भारतले मानसरोबर जाने सडक बनाएको भन्दै विरोध गरेका हुन् । स्वतन्त्र युवा समुह बिराटनगरको आयोजना प्रदर्शनमा स्थानीयको उल्लेख्य सहभाति थियो ।

प्रदर्शनपछि बोल्दै हमिद आजाद लगायतले भारतीय अतिक्रमण निरन्तर भए पनि नेपाल सरकारले पहल नगरेकोमा विरोध जनाएका थिए । उनीहरुले गो ब्याक इन्डिया भन्ने नारा लगाएका थिए ।

प्रतिकृया दिनुहोस्