News Portal

  • केपी-प्रचण्डको संयुक्त विज्ञप्तिः लिपुलेकमा सडक निर्माण नेपालको सार्वभौमसत्तामा आँच पुर्याउने काम

    डबली संवाददाता२०७७ बैशाख २८ गते
    १७५ पटक

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर भारतले लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुरÞ्याएको बताएका छन् । भारतले चीन सीमा जोड्न सडक निर्माण गरेर उद्घाटन गरेपछि नेपालमा त्यसको विरोधमा भइरहेको बेला दुबै अध्यक्षले संयुक्त रुपमा विज्ञप्ति निकालेका हुन् ।

    प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डले शनिबार साँझ विज्ञप्ति निकालेर भारतको उक्त कदमप्रति आपत्ति जनाएका छन् । कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेकाके समयमा भारतले सडक निर्माण गरी उद्घाटन गर्नु निन्दनी कार्य भएको बताएका छन् ।

    विज्ञप्तिमा ओली र प्रचण्डले सडक निर्माण कार्य तत्काक रोकी समस्या थप जटिल नबनाउन भारतलाई आग्रह गरिएका छन् । सुगौली सन्धीसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले उक्त भूमी नेपालकै भएको देखाएको विज्ञप्ति भनिएको छ । विदेशमन्त्रीस्तरीय वार्ताका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले लिएको पहलकदमीअनुसार अविलम्ब वार्ता गर्नुपर्नेमा जोड दिइएको छ ।

    वक्तव्यमा दुबै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले यो समस्याको समाधान गर्न आग्रह गरिएको छ । साथै नेकपाले सडक निर्माण कार्यलाई तत्काल रोक्न र यो मुद्दालाई जटिल बनाउने कुनै पनि कार्य नगर्न भारतलाई आग्रहसमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्