News Portal

  • कोरोना महामारीको मौका छोपेर भारतको अर्को हस्तक्षेप, लकडाउन तोड्दै जनता सडकमा आउन थाले

    डबली संवाददाता२०७७ बैशाख २७ गते
    ३५० पटक

    काठमाडौँँ । विश्व कोरोनाभाइरससँग लड्न लकडाउनमा छ । त्यही मौका छोपेर भारतले नेपालको राष्ट्रिय स्वधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपालमा लकडाउन जारी भएको ४६ औं दिनमा भारतले नेपालको राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप गर्दै नेपालीभूमीमा सडक निर्माण गरेको सार्वजनिक भएको छ ।

    भारतले नेपालीभूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडकको उद्घाटन गरेको छ । नेपाललाई कुनै जानकारी नदिएर भारतले उक्त सडक खनेको सार्वजनकि भएको हो ।

    भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको उद्घाटन गरेको उनका छन । त्यो पनि उनको ट्विटरबाट थाहा भएको छ । सिंहले शुक्रबार मानसरोबर जोडेको सडकको शुक्रबार भिडियो कन्फ्रेन्समार्फत रक्षामन्त्री सिंहले उद्घाटन गरेका हुन् ।

    नेपालीमाथि मिच्दै मानसरोबर जोड्ने लिंकरोडको उद्घाटन गर्न पाउँदा आफू खुशी भएको सिंहले बताएका थिए । भारतको ‘बिआरओ (बोर्डर रोड अर्गनाइजेशन) ले धार्चुलादेखि लिपुलेक चीन सीमासम्म कैलाश मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक निर्माण गरेको हो । भारतले हस्तक्षेप गरेको कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्रबाट हट्नुपर्ने नेपालमा विगत लामो समयदेखि आन्दोलन हुँदै आएको छ । तर, उक्त विवादबारे छलफल गर्नु त परकै कुरा, उल्टी चीनसँग जोड्ने सडक निर्माण गरेको छ ।

    भारतले नेपालीभूमीमाथि हस्तक्षेप गरेर सडक निर्माण गरेको बडो सानका साथ उद्घाटन गर्दा समेत नेपाल सरकारले औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको साथै अन्य राजनीतिक पार्टीले विरोध जनाउँदै आन्दोनलमा उत्रिन आह्वान गरिसकेका छन् । सत्तारुढ (नेकपा)ले कुनै प्रतिक्रिया नजाएपनि पार्टी प्रवक्ताले आफ्नो व्यक्तिगत धारणा सार्वजनिक गर्द विरोध जनाएका छन् । भारतको उक्त कार्यको विरोधमाम जनता सडकममा आउन थालिसकेका छन् । शुक्रबार बसेको संसदमा पनि भारतको उक्त कार्यको विरोध भएको छ ।

    अखिल क्रान्तिकारीसहित विभिन्‍न संघ संगठनहरु पनि सडकमा निस्क‍ेका छन् । भारतीय अतिक्रमणको विरोधमा उत्रेका युवाहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    मानिसहरु लकडानउलाई तोड्दै सडकमा आउन थालेका छन् ।

    • फाइल फोटो
    प्रतिकृया दिनुहोस्