News Portal

  • शनिबार विहानै ७ जना कोरोना संक्रमित, लकडाउनको ४७ औं दिनमा संक्रमितको संख्या १०९ पुग्यो

    डबली संवाददाता२०७७ बैशााख २७ गते
    ४३० पटक

    काठमाडौँ । कोरोना भाइरसबाट थप ७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार विहानै दिएको जानकारीअनुसार उदयपुर, पर्सा र कपिलवस्तुमा गरी ७ नयाँ संक्रमित भेटिएका छन् ।

    उदयपुर र कपिलवस्तुमा ३–३ र पर्सामा १ जना नयाँ संक्रमित भेटिएका हुन् । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अञ्चल अस्पताल बिराटनगरको ल्याबमा गरिएको परीक्षणमा नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन् ।

    उदपयुरमा भेटिएका नयाँ संक्रमित त्रियुगा नगरपालिका–३ भुल्केकै भएको अधिकारीले बताएका छन् । उनीहरु १८, ४५ र ६५ वर्षका महिला हुन् ।

    त्यस्तै पर्साको छपकैयामा नै फेरि ६२ वर्षीय पुरुषमा र कपिलवस्तुमा थप तीजना संक्रमित भेटिएका छन् । उनीहरु एकजना १७ वर्षका पुरुष हुन् भने दुईजना १८ वर्षीय पुरुष भएको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्