News Portal

सुदूरपश्चिम प्रदेश कोरोनामुक्त, ३५ वर्षीय महिला ३५ दिनपछि घर फर्किन

डबली संवाददाता२०७७ बैशाख २७ गते
२०५ पटक

धनगढी । सुदूरपश्चिम प्रदेश कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला अस्पतालबाट शुक्रबार डिस्चार्ज भएसँगै सुदूरपश्चिम कोरोनाबाट मुक्त भएको हो ।

कोरोना संक्रमण भएपछि ३५ दिन पहिले भर्ना गरिएकी ३५ वर्षीय महिलाले कोरोनालाई जितेकी हुन् । धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा थियो तर पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको अस्पतालले बताएको छ ।

उनलाई चैत २२ गते उनमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो । सँगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भइसकेका थिए । योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन् ।

यसअघि लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय युवक, कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका १ कि ६५ वर्षीया महिलाले कोरोनालाई जितेका थिए ।

अब सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित छैनन्

प्रतिकृया दिनुहोस्