News Portal

  • श्रमिक दिवसः प्रधानमन्त्री भन्छन्- श्रमिकलाई भोकै राख्दैनौं, श्रमिक भन्छन्-ओलीको डकार हो

    डबली संवाददाता२०७७ बैशाख १९ गते
    २३८ पटक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले श्रमिकलाई भोकै नराख्ने भनाईप्रति श्रमिकहरुले नै विश्वास गरेका छैनन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा श्रमिक वर्गलाई भोकै नराख्ने बताएका थिए ।

    प्रधानमन्त्री ओलीले लकडाउनका कारण श्रमिकले भोग्नु परेको पीडाप्रति आफू दुःखी भएकी बताएका थिए । उनले सरकारलाई घरमुली भन्दै सरकारले उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्ने बताएका थिए ।

    प्रधानमन्त्रीले श्रमिकलाई भोकै नराख्ने भनाईप्रति स्वयम् श्रमिक वर्ग नै विश्वस्त हुने सकेको छैन । शुक्रबार दिउँसो कलंकीमा भेटिएका केही श्रमिकहरुले प्रधानमन्त्रीको सन्देश आफूले नसुनेको बताए । उनीहरुले प्रधानमन्त्रीले भनेअनुसार सरकारले सहयोग गर्ने कुरामा विश्वास नभएको बताए । उनिहरुले यत्रो दिनसम्म आफूहरु घर जान नपाएर काठमाडौँमा भोकै र नांगै बसेको नदेखेको सरकारलेअब केही गर्छ भन्ने लाग्न छोडेको बताए ।

    “हामी यतिका दिनसम्म काठमाडौँमै भोकै र नांगै छौं । अरुले दिएको चिउरा खाएर बाचिरहको छौं तर न घर जान दिन्छ न यहाँ व्यवस्था गर्ने सरकारले अब केही गर्छ भन्ने लाग्न छोडिसक्यो” विष्णु परिियारले भने । उनले दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएको बताउँदै अब केही नभएको बताए । उनकी श्रीमतिसहित दुई छोरी छन् । श्रीमतीले मकै पोल्ने र विष्णुले भारी बोकेर गुजरा गर्दैैै आएका थिए ।

    लकडाउनपछि दुबै जना बेरोजगार भएका छन् । साथी र चिनजानका मनकारी व्यक्तिले दिएको थोरथोरै खानेकुराबाट ज्यान जोगाउँदै आएको विष्णुले बताए । लकडाउनका दुई हप्तसम्म त आफुनै कमाई खाएका विष्णुको परिवारले त्यसपछि भने ‘भगवान भरोसे’ भएको छ ।

    सिंहदरबार र बालुवाटारमा बस्ने मान्छेसँग कुनै संवेदाना नै नहुने विष्णुले बताए । उनी आफूहरु सडकमै भोकभोकै भएको तर सरकारले ८० करोडको राहत बाडेको घोषणा गर्ने कुरा अचम्म भएको बताउँछन् । सरकारी राहत आसेपासेलाई मात्रै भएको पुग्ने गरेको सुनाए ।

    “सरकार त आफ्ना आसेपासेको लागि मात्रै हो भन्न सुनेको थिएँ, हो रैछ । हामी भोकै छौं, करोडौंको राहत बाँडिएको छ । वडामा जाँदा सकियो भन्दै फर्काइदिन्छ । कहाँ जाने ?” उनले प्रश्न गरे । बालुवाटार भित्रबाट सडकमा समस्या नदेखिने भन्दै विष्णुले भने, “बालुवाटारका आँखा र कान छैनन्, हाम्रो कुरा सन्दैन र देख्दैन ।”

    प्रधानमन्त्रीको घोषणालाई चौरासी व्यान्जनको डकार भएको बताए उनले भो । “प्रधानमन्त्रीले कहिलै भोकको पीडाको अनुभव गर्नु भएको छ । पेटभरी खाएर बेकारका डकार” यति भनेर उनी हिडेहाले ।

    • फाइल फोटो
    प्रतिकृया दिनुहोस्