डबली संवाददाता२०७७ बैशाख १९ गते

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या ५९ पुगेको छ । शुक्रबार बाँके र रुपन्देही एक एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा बाँकेका ६० वर्षीय र रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।
उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।
