News Portal

  • मैदानमा खटिएका रुसी प्रधानमन्त्री मिखाइललाई कोरोना संक्रमण, अस्पताल भर्ना गरियो

    डबली संवाददाता२०७७ बैशाख १९ गते
    ३९२ पटक

    काठमाडौं । कोरोनाभाइरससँग लड्न अरुलाई सहयोग गर्दै आएको रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि मिसुस्टिनलाई अस्पताल भर्ना गरिएको हो ।

    रुसी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मिसुस्टिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भिडियो फोन गरेर जानकारी गराएका थिए । फोनमै पुटिनले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    राष्ट्रपतिले पुटिनले मिसुस्टिनलाई भएको संक्रमण जो कोहीलाई पनि हुन सक्ने भन्दै सचेत रहन भनेका छन् । कोरोनाको उपचार र सहयोगमा आफै खटिएका प्रधानमन्त्रीको पुटिनले प्रसंशा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्