News Portal

आज मे दिवस, कोरोनाले बनायो मजदूरको बेहाल

डबली संवाददाता२०७७ बैशाख १९ गते
३३२ पटक

काठमाडौं । आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो वर्ष विश्वभर कोरोनाले मजदूर वर्गलाई ठूलो संकट निम्त्याएको छ ।
मजदूर वर्गले यसअघि एक दिन भएपनि दुःखलाई भुल्दै कार्यक्रममा सहभागी हुने गरेका थिए तर यो वर्ष भने मजदूर दिवसमा कुनै उत्साह नै छैन ।

विश्व नै लकडाउनमा छ । यसको सबैभन्दा बढी प्रभाव मजदूर वर्गमा परेको छ । भोको पेटमा दिवस मनाउनु पर्ने अवस्था छ ।

विगतमा जस्तो औपचारिक कार्यक्रम विना नै मजदूरहरुले दिवस मनाउनु पर्ने अवस्था छ । नेपाल पनि झन्डै डेढ महिना लामो लकडाउनमा छ । सरकारले घोषणा गरेको राहत प्याकेज मजदूर वर्गमा पुग्न नसकेको गुनासो हुँदै आएको छ ।

सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।

सन् १८८९ मा फ्रान्सको प्यारिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

नेपालमा विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

प्रतिकृया दिनुहोस्