News Portal

  • लकडाउनको अवधिभर भाडा माग्‍ने घरभेटीलाई कारवाही हुने

    डबली संवाददाता२०७७ बैशाख १८ गते
    ३२९ पटक

    काठमाडौँ । लकडाउनको बेला भाडा कनमाग्न सरकारले घरभेटीलाई आग्रह गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनासँग जुधिरहेकोले घरभाडा नमाग्न घरधनीलाई आग्रह गरेको हो ।

    मन्त्रिपरिषद् बैठकले लकडाउन सहज भएपछि भाडा माग्न समेत आग्रह गरेको छ । त्यसैगरी यसअघि श्रमिकहरुसँग एक महिनाको भाडा छुट दिने निर्णय कार्यान्वयन भए नभएको अनुगमन समेत गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा संचार प्रविधि मन्त्री डा.युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई सरकारले आग्रह गरेको जानकारी दिए । सरकारले एक महिनाको छुट दिन पुनः अपील गरेको छ ।

    सरकारले घरभाडा छुट कार्यान्वयन भए नभएको अनुगमन गरी कारवाही गर्न स्थानीय तहलाई जिम्मा दिने निर्णय समेत गरेको छ ।

    केही स्थानहरुमा घरभेटीले भाडा मागेको र नदिएको कारण घरबाट निकाल्‍ने सम्मा कार्य भएको जानकारी भएको गुनासो आएपछि सरकारले अनुगमन गर्ने निर्णय गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्