News Portal

रोल्पामा बम विस्फोट हुँदा चार बालबालिकाको मृत्यु, बम कसले छोडेको थियो ?

डबली संवाददाता२०७७ बैशाख १८ गते
३३५ पटक

काठमाडौं । रोल्पामा बम विस्फोटा हुँदा चार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–७ मा विहीबार दिउँसो बम विस्फोट भएको हो ।

प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलका अनुसार घटनास्थलमा होलेरी र जुनारबाट प्रहरी टोली गइसकेको छ ।
प्रहरीका अनुसार बेबारिसे अवस्थामा भेटिएको बम खेलाउँदा विस्फोट भएको थियो । बाख्रा चराएर फर्किने क्रममा बालबालिका विस्फोटमा परेको स्थानीयले बताएका छन् ।

उक्त बम विगत जनयुद्धको क्रममा राखिएको हुन सक्ने बताइएको छ ।

गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका हुन् ।

बम विगत जनयुद्धको क्रममा प्रयोग भएको ८१ एमएम भएको बताइएको छ । जनयुद्धको क्रममा बेबारिसे अवस्थामा छोडिएको ८१ एमएम हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

प्रतिकृया दिनुहोस्