News Portal

  • बस्‍नेत र न्यौपानेले गरे षडानन्‍द नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग 

    डबली संवाददाता
    २६८ पटक

    काठमाडौं । भोजपुरको षडानन्‍द नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज -बस्‍नेत र योगमाया फाउन्डेसनका अध्यक्ष रामचन्द्र न्यौपाने र सदस्य शान्ति थापाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

    संघका अध्यक्ष बस्‍नेतका अनुसार पिपिईलगायत कोरोनाभाइरससँग लड्‍न आवश्‍यक स्वास्थ्य सामाग्रीहरु विहीबार नगरपालिकालाई हस्तान्त्रण गरिएको छ । काठमाडौंमा हस्तान्त्र गरिएको स्वास्थ्य सामाग्रो नगरपालिकासम्म पनि गरिएको बस्‍नेतले जानकारी दिए ।

    भोजपुर जिल्लाकै हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित व्यक्ति फेला परेपछि षडानन्द नगरपालिकामा सर्तकता बढाइएको छ । तर  स्वास्थ्यकर्मीले  न्यूनतम व्यक्तिगत सुरक्षा सामग्री नभइ क्वारेन्टाइनमा राखिएका व्यक्तिको अनुगमन गर्न जोखिम बढेको थाहा पाएपछि व्यक्तिगत रुपमा आर्थिक जुटाएर सामाग्री खरिद गरी पठाएको बस्‍नेतले जानकारी दिए ।

    स्वास्थ्य सामाग्रीमा २० सेट व्यक्तिगत सुरक्षा सामग्री, १५ थान थर्मल गनसहित रहेका छन् । उक्त सामाग्रीले कोरोनाभाइरससँग स‌ंघर्ष गरिरहेका नगरबासीलाई केही सहयोग पुग्‍ने विश्‍वास लिएको बस्‍नेतले बताए ।

    प्रतिकृया दिनुहोस्