
काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई प्रहरीले रिहा भए लगत्तै पुनः पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतको आदेशमा विहीबार धरौटीमा रिहा भएका अग्रवाललाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
न्यायाधीश ब्रजेस प्यार्कुयालको इजलासले अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भएका थिए । महानगरीय प्रहरी परिसर, टेकुबाट खटिएको विशेष टोलीले अग्रवाललाई रिहा अदालत परिसरबाटै पुनः पक्राउ गरेको थियो ।
शंकर ग्रुपका संचालक समेत रहेका अग्रवालविरुद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी उजुरी परेका कारण पुनः पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीले अग्रवाललाई शुद्धिकरण विभाग पुलचोकमा बुझाएको छ ।
अग्रवाललाई अपराध महाशाखाले चैत २५ गते ३५ सय पर्ने थर्मल गन १५ हजारमा बिक्री गर्दैगर्दा रंगेहात पक्राउ गरेको थियो । कालोबजारी गरेर महंगोमा बेचिरहेको सूचनाका आधारमा प्रहरी आफै ग्राहक बनेर अग्रवालसम्म पुगेको थियो ।
चीनबाट ल्याएका २० हजार थर्मल गनमध्ये १२ सयको मात्रै भन्सार तिरका थिए ।
अग्रवालले कुटनीतिक नम्बरको गाडीमै कालोबजारी गरिरहेका थिए ।
