News Portal

पत्रकार जोशीमाथि प्रहरीद्वारा दुर्व्यवहार, संलग्‍नलाई कारवाही गर्ने प्रतिबद्धता

डबली संवाददाता२०७७ बैशाख १८ गते
३५८ पटक

काठमाडौँ । प्रहरीले पत्रकार केशवराज जोशीलाई दुव्र्यवहार गरेको छ । निवासबाट थापाथलीस्थित कार्यालय जाँदै गर्दा विहीबार दिउँसो नयाँवानेश्वरमा फोटो खिचेको आरोपमा प्रहरीले जोशीमाथि दुव्र्यवहार गरेको हो ।

पत्रकार जोशीका अनुसार सूचना विभागको प्रेसपास समेत ट्राफिक प्रहरी शम्भु श्रेष्ठले नियन्त्रणमा लिएका थिए । आफू पत्रकार भएको बताउँदा समेत प्रहरीले भिडियो खिच्न नदिएर दुव्र्यवहार गरेको जोशीले बताए ।

लामो समयदेखि सुरक्षा रिपोर्ट गरेका पत्रकार जोशीले प्रहरीको व्यवहारले आफूलाई दुःख लागेको बताएका छन् ।

“म अफिस आउँदै थिए । सूचना विभागको कार्ड साथमै थियो । बानेश्वर चोकको भिडियो खिच्दै गर्दा प्रहरीले कार्डसमेत खोसेर १० मिनेटबढी होल्ड गरे । कसको अनुमतिले भिडियो खिचेको भन्दै दुर्व्यवहार गरियो” जोशीले भनेका छन् ।

यसैबीच महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले पत्रकार जोशीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्ने बताएका छन् ।

आजै मात्र अर्का पत्रकार दिपक पाठकलाई प्रहरीले सामाजिक संजालामा लेखेको भन्दै पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्