News Portal

प्रहरीले अपहरणको उजुरी नलिएपछि सांसद यादव पुगे मानव अधिकार आयोगमा

डबली संवाददाता२०७७ वैशाख १८ गते
२८८ पटक

काठमाडौँ । सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानव अधिकार आयोगमा पुगेका छन् । आफूलाई अपहरण गरेको उजुरी प्रहरीले नदिएपछि यादवले विहीबार आयोगमा पुगेर सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजिपीविरुद्ध आयोगमा निवदेन दिएका छन् ।

सांसद यादवले आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै आफ्नो बाच्न पाउने अधिकारमाथि हस्तक्षेप भएको भन्दै निवेदन दिएका छन् । यसअघि अहपरण तथा शरीर बन्धकको उजुरी बोकेर शिर्ष नेताहरुसँगै महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा पुगेका थिए । तर जाहेरी दर्ता गरिएन ।

सांसद यादवले सत्ता र शक्तिका आडमा आफ्नो जीवन लिन सक्ने जोखिम रहेको भन्दै तीनै जनालाई आवश्यक छानविन गरी कारवाहीको माग गरेका छन् ।

यादवलाई बैशाख १० गते लकडाउनलाई ताड्दै दुई सांसदसँगै पूर्वआइजिपी खनाल महोत्तरीमै पुगेर गाडीमा हालेर काठमाडौँ ल्याएर होटलमा राखेका थिए ।

प्रतिकृया दिनुहोस्