
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीले लकडाउनको बेला पनि गिरफ्तारी जारी राखेको भन्दै आपत्ति जनाएको छ । नेकपा भेरी कर्णाली ब्यूरोले विहीबार विज्ञप्ति जारी गरेर सिंगो देश र जनताले कोरोनासँग लडिरहेको बेला सरकारले गिरफ्तारी जारी राखेको भन्दै हदैसम्मको तानाशाही दमनशैली अख्तियार गरेको बताएको छ ।
पार्टीका ब्यूरो इन्चार्ज रवीले विज्ञप्ति जारी गरेर संकटको सामना गर्दै आफ्नै घरमा बसिरहेका पार्टीका पूर्व केन्द्रीय सदस्य बालाराम सुनार ‘हिमाल’ लाई गिरफ्तार गरेको भन्दै निन्दा र भत्सर्ना गरेका छन् ।
इन्चार्ज रवीले सरकार भ्रष्टाचार, कमिसन र राष्ट्रघातमा चुलुर्मम्म डुबेको, पद र पैसाको लागि चरम संकटसहित आन्तरिक द्वन्द्वमा फसेको सरकारले देशभक्त, जनवादी, परिवर्तन प्रेमी शक्तिहरुलाई हदैसम्मको तानाशाही दमनमा उत्रिएको बताए । उनले मौलिक हकअधिकारमाथि सरकारले पूर्ण रुपमा बन्देज लगाएको भन्दै त्यसको प्रतिरोध गर्न आह्वान समेत गरे ।
विज्ञप्तिमा रवीले जनताको तागत र परिवर्तनकारी विचारको अगाडि खराबी भएको बताउँदै हिमाललाई रिहा गर्न आग्रह गरेका छन् । उनले न्याय र परिवर्तनको आवाजलाई बन्दुकको बलमा रोक्न खोजिए गम्भीर परिणाम हुने चेतावनी दिएका छन् ।
विज्ञप्ति
