News Portal

  • ताला लगाउने गल्ती स्वीकार गरेपछि रास्कोट नगरपालिकाको सुपथ मूल्य पसल खुल्यो

    डबली संवाददाता२०७७ बैशाख १८ गते ।
    ४९४ पटक

    कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले संचाल गरेको सुपथ मूल्य पसलमा लगाएको ताला खोलिएको छ । नगरपालिका, स्थानीय व्यवसायी र पार्टी प्रतिनिधिहरुको छलफल आरसिपि बजार व्यवस्थापन समितिका अध्यक्ष हस्त शाहीले ताला खोलेका हुन ।

    लकडाउनका कारण प्रभावित नगरबासीको लागि नगरपालिकाले हिमचुली सहकारी संस्था लिमिटेडसँग समन्वय गरेर सपथ मूल्य पसल संचालनमा ल्याएको थियो । स्थानीय केही व्यवासायीले यही बैशाख १६ गते लगाएका थिए ।

    बुधबार भएको छलफलमा ताला लगाउने व्यवसायीहरुले गल्ती स्वीकार गरेका थिए । सहकारी संस्थाका कार्यालय व्यवस्थापक कृष्णप्रसाद बरालका अनुसार लगाउनु गल्ती भएको स्वीकार गरेपछि स्थानीय प्रशासनको रोहबरमा ताला खोलिएको हो ।

    आरसिपी बजार व्यवस्थापन समितिका सचिव गोरख शाहीका अनुसार छलफलमा सहभागी व्यवसायीहरुले एउटै भएको कारोवारका हकमा सोच्नुपर्ने भएको बताएका थिए । बजार व्यवस्थापन समितिका पदाधिकारीहरुले समन्वयको अभावमा भएको कमजोरीको भएको शाहीले बताए ।
    छलफलपछि बजार व्यवस्थापन समितिका अध्यक्ष हस्त शाही, उपाध्यक्ष कमल बराल र सचिव गोरख शाहीद्वार संयुक्त जारी विज्ञप्तिमा सुपथ मुल्य पसलमा आएका बाधा हटाउने र पसल संचालनमा ल्याउने सहमति भएको बताइएको छ ।

    बैठकमा सहभागि रास्कोट नगरपालिकाका उपप्रमुख मिमसरा शाहीले सुपथ मुल्य पसलमा ताला लगाएर रास्कोट नगरपालिकामा ताला लगाएको भनेर मिडियामा हाल्नु दुःखद भएको बताउँदै व्यवसायिहरुको हितमा काम गर्न रास्कोट नगरपालिका निरन्तर लागि परेको बताइन् ।

    उपप्रमुख शाहीले रास्कोट नगरपालिकाले गएको वर्ष सहकारी सुपथ मूल्य पसलका लागि प्रस्ताव आह्वान भई भएको सम्झौता भएअनुसार नै पसल संचालन गरिएको बताइन् ।

    सहकारी संस्थाका कालीकोट अध्यक्ष कालीबहादुर महताराले नाफा खाने उद्देश्य नरहेको बताउँदै संकटको बेला संस्थाका सदस्यहरुलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल संचालन गरेको जानकारी दिए । उनले समुदायप्रति चासो भन्ने सहकारी सिद्धान्तअनुसार विधि सम्बत रुपमा सुपथ मूल्य पसल संचालनमा ल्याएको बताए ।

    यस्तो छ बजार व्यवस्थापन समितिले निकालेको विज्ञप्ति 

    प्रतिकृया दिनुहोस्