
काठमाडौँ । भारतका एक अर्का चर्चित अभिनेताको मृत्यु भएको छ । लामो समयदेखि क्यान्सबाट पीडित ऋषि कपूरको विहीबार विहान मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि ६७ वर्षीय ऋषिलाई मङ्गलवार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो ।
ऋषि कपूरका दाइ रणधीर कपूरले संचारमाध्यमहरुलाई निधन भएको बताएका छन् ।
बुधवार मात्र भारतमा क्यान्सरकै कारण अर्का चर्चित अभिनेता इरफान खानको निधन भएको थियो ।
फेब्रुअरीमा दुई पटकसम्म अस्पताल भर्ना गरिएको थियो । ऋषि कपूर कलाकार राज कपूरका दोस्रो सन्तान हुन् ।
रणधीर कपूर, ऋतु नंदा, रिमा जैन र राजीव कपूर ऋषि कपूरका दाजुभाइ र दिदीबहिनी हुन् ।
ऋषिले १९७३ मा बबी फिल्बाट चलचित्रमा प्रवेश गरेका थिए । ऋषि कपूरले इमरान हाशमीसँग अन्तिम फिल्म द बडीमा काम गरेका थिए । उनले आफ्नो अर्को फिल्म दीपिका पादुकोणसँग हुने घोषणा गरेका थिए । तर, पूरा हुन पाएन ।
