News Portal

होम क्‍वारेन्टाइनमा बसेका नेकपाका नेता हिमाल गिरफ्तार

डबली संवाददाता२०७७ वैशाख १८ गते
४९६ पटक

सुर्खेत । नेपाल कम्युनिसट पार्टीका नेता बालाराम सुनार (हिमाल) लाई प्रहरीले गिरफ्तार गरेको छ । सुर्खेतस्थित आफ्नै घरमा होम क्वारेन्टाइनमा बसिरहेका हिमालाई प्रहरीले विहीबार विहान गिरफ्तार गरेको हो ।

विरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ मा मा रहेको घरलाई घेराउ गरेर विहान ८ बजेतिर हिमाललाई गिफ्तार गरिएको परिवारले जनाएका छन् ।

हिमाललाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट टोली खटिएको थियो । उनलाई अहिले जिप्रकामा राखिएको छ । प्रहरीले औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस्