News Portal

  • ओलीको हस्ताक्षर अभियानः सके बहुमत, नसके ४० प्रतिशत जुटाएर अगाडि बढ्ने

    डबली संवाददाता२०७७ बैशाख १८ गते ।
    ३५० पटक

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चर्किदै गएको छ । नेताहरु एकले अर्कालाई देखाइदिने तहसम्म पुगेका छन् । कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपालसहित, झलनाथ खनाल र वामदेव गौतम एकठाउँ उभिएपछि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छ्न ।

    पार्टीको केन्द्रीय समिति र संसदीय दल दुबैमा अल्पमतमा परेपछि अन्तिम तयारीमा जुटेका छन् । नेता माधव कुमार नेपालले दुई मध्ये एक पद छोड्ने पर्ने अडानबाट टसमस नभएपछि ओलीले संगठित रुपमा दुबैमा बहुमत जुटाउने अन्तिम कसरतमा लागेका छन् ।

    पार्टीको सचिवालय र स्थायी समितिमा अल्पमतमा परिसकेपछि ओली केन्द्रीय समितिमा पनि अल्पमतमा परेका छन् । अहिले ओलीले संसदीय दलमा बहुमत जुटाउने प्रयासमा लागेका छ्न । ओलीले केही दिनदेखि सांसहरुलाई बालुवाटारमै बोलाएर हस्ताक्षर गराउन लगाएका छन् । त्यो पनि खाली कागजमा । बुधबारसम्म पनि हस्ताक्षर अभियान जारी छ ।

    ओली पक्षधर नेताहरुले प्रधानमन्त्रीको चयन गर्ने संसदीय दलले भएको भन्दै बहुमत जुटाउने अभियानमा जुटेका ह्नु । पार्टीमा अल्पमतमा परिसकेका ओली पक्षधर नेताहरुले अध्यक्ष गएपनि प्रधानमन्त्री जोगाउने अभियानमा जुटेका हुन् । उनीरुलाई सांसदहरुलाई गाडीको व्यवस्था गरेरै बालुवाटारमै बोलाउँदै खाली कागजमा हस्ताक्षर गराइरहेका छन् । कतिपय सांसदहरुले त हस्ताक्षर के परियोजनको लागि भन्ने पनि जानकारी नभएको बताउँछन् । यसैबीच हस्ताक्षर पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् ।

    एक हप्ता पहिले नै ओलीले आफू निकट सांसदहरुलाई जस्तोसुकै परिस्थिति पनि आउन सक्ने भन्दै तयारीमा बस्न निर्देशन दिइसकेका थिए । लकडाउनका कारण आउन समस्या भएका सांसहरुलाई बालुवाटारबाटै गाडी पठाएर ल्याउने र पुरुयाउने व्यवस्था गरिएको एक सांसदले भने । “लकडानका कारण हामीहरु सजिलै बालुवाटार पुग्ने सक्ने अवस्था थिएन, उतैबाट गाडी पठाईदिएपछि गएर हस्ताक्षर गरेका छौं । फर्किन समस्या भएका साथीहरुलाई पुर्याउने व्यवस्था पनि छ” एक सांसदले भने ।

    आज साँझ ५ बजे बसेको सचिवलाय बैठक विना निष्कर्षविहीन बनेको छ । बैठक अर्को बैठक बस्ने निर्णय गर्न मात्रै सफल भयो । नेताहरु सबै आआफ्नो अडानबाट टसमस भएनन् ।

    देखाउन दिनभर हस्ताक्षर अभियान चलाइएको थियो । प्रतिनिधिसभाका १७४ सांसदमध्ये ओलीको पक्षमा ७८ छन् । यो संख्यमा धेरै तलमाथि नहुने ओली पक्षधर नेताहरुको दाबी छ । पौडेलले साथ छोडेपनि लेखराज भट्टले साथ दिएका छन् । ओलीलाई बहुमतको लागि ८८ जना सांसद चाहिन्छन् ।

    बहुमत जुटाउने अभियानको क्रममा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतम पत्नी तथा सांसद तुलसा थापा (गौतम) लाई बालुवाटार बोलाए । आफ्नो पक्षमा हस्ताक्षर गर्न ओलीले गरेको अनुरोधलाई थापाले ठाडै अस्वीकार गरेकी थिइन । हस्ताक्षर अभियान आफूलाई अनुचित लागेर नगरेको उनले संसारमध्यमहरुमा प्रतिक्रिया दिएका छन् ।

    ओली समूहका नेताहरु सके बहुमत जुटाउने नभए ४० प्रतिशत जुटाएर अगाडि बढ्ने योजना रहेको छ । त्यसपछि पार्टीमा ४० प्रतिशत पुर्याएर पार्टी फुटाको लागि पनि तयार रहने ओली पक्षको तयारी छ । यसअघि ओलीले छोड्नेभन्दा परिस्थितिको सामाना गर्ने बताइसकेका छन् । पछि त्यसपछि पार्टीको केन्द्रीय समितिमा लाग्ने योजना ओली पक्षको छ ।

    पूर्वमाओवादीका एक नेताका अनुसार (नेकपा)  पार्टी फुट्ने पक्काजस्तै छ । अहिले फुट टरेपनि नेताहरुको तयारी र तिक्तता हेर्दा एउटा बिन्दुमा फुट्ने निश्चित भएको उनले बताए । “माओवादी पार्टी फुटेर हामी अजित भएका थियौं । दुई पार्टी एक भएपछि अब फुट्दैन भएर यता लागियो तर यहाँ नि गाईजात्रा सुरु भइहाल्यो । हामी त फुटका अनुभवी हौं” उनले भने । (नेकपा)मा पनि पानी बाराबार ती नेताले बताए ।

    प्रतिकृया दिनुहोस्