News Portal

  • (नेकपा)को सचिवालय बैठक निष्कर्षविहीन, आ–आफ्ना अडान कायमै

    डबली संवाददाता२०७७ वैशाख १७ गते
    ३५९ पटक

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक विना निष्कर्ष सकिएको छ । रस्साकस्सीबीच बोलाइएको बुधबार साँझ पाँच बजे बोलाइएको बैठकमा कुनै निर्णय नगरी सकिएको हो ।

    बैठकपछि संचारकर्मीसँग बोल्दै प्रबक्ता नारायणकाजी श्रेष्ठले २० गते अर्को बैठक बस्ने निर्णय गरेको जानकारी दिए । सोही बैठकले स्थायी समितिको बैठकबारे निर्णय गर्ने श्रेष्ठले बताए । बैठकमा आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र स्थायी कमिटी बैठक मागबारे छलफल भएको श्रेष्ठले जानकारी दिए ।

    बैठकमा प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको बताइएको छ । उनीहरुले प्रधानमन्त्रीका कार्यशैली, पछिल्ला घटनाक्रमबारे उठाउँदै आएका कुरामा अडान लिएका थिए । त्यस्तै प्रधानमन्त्री ओलीले पनि आलोचनोको प्रतिवाद गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्