News Portal

लकडाउनको अवधि थप्‍न मन्त्रिपरिषद् बैठक बस्दै

२२० पटक

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

शनिबार बसेको उच्चस्तरिय समन्वय समितिले बैठकले लकडाउन अझै एक हप्ता थप्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा सरकारले आज थप एक हप्ता लकडाउनको अवधि बढउने बताइएको छ ।

लकडाउनको अवधि थप गरेपनि केही खुकुलो बनाउने निर्णय गर्ने बताइएको छ । भारतमा सर्त पूरा गरेर पसलहरु खोल्ने दिने निर्णय गरिएको छ । नेपालमा पनि खाद्यन्न पसलहरु खोल्न दिन सक्ने निर्णय गर्ने बताइएको छ ।

समितिले हवाई उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्