News Portal

  • अलपत्र परेका प्रदेशबासीलाई घर फर्किन दिने कर्णाली प्रदेश सरकारको निर्णय

    ३०९ पटक

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो अलपत्र परेका आफ्नो प्रदेशका नागरिकको उद्दार गर्ने निर्णय गरेको छ । शनिवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको विपद व्यवस्थापन केन्द्रको बैठकले लकडाउनका कारण देशका विभिन्न स्थानमा अलपत्र परेकमा मजदूर र विद्यार्थीलाई प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयमा घर फिर्ता हुने दिने निर्णय गरेको हो ।

    बैठकमा मुख्यमन्त्री शाहीले लकडाउनले समस्यामा परेका कारण उद्दार गरी जिल्लामा पुगेका मजदुर तथा विद्यार्थीहरुबाट सम्भावित संक्रमणको जोखिम कम गर्न कोरोना परिक्षणलाई तीब्रता दिन जरुरी रहेको बताए । कोरोना परिक्षणका लागि आवश्यक र्यापिड टेस्ट कीटलगायतका सामाग्रिको तत्काल आपुर्ती व्यवस्था मिलाउन मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिए ।

    मुख्यमन्त्री शाहीले संघीय सरकारवाट प्राप्त हुन सक्ने अवस्था भएमा तत्काल माग गर्न र आपुर्ती हुन नसक्ने अवस्थामा खरिद गरेर भएपनि परीक्षणका लागि आवश्यक सामाग्रीको व्यवस्थापन गर्नुपर्ने बताए ।

    बैठकले पूर्वी तराई र भारतबाट प्रदेश गरेका नागरिकलाई सम्बन्धित जिल्ला र पालिकाहरुले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने, कोरोना परीक्षण तथा रोग नियन्त्रण कार्यका लागि स्थानीय तहमा एकिकृत प्रतिकार्य रणनीति तयार गरी कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवक सम्मिलित एकिकृत प्रतिकार्य समूह गठन गरी परिचालन गर्ने निर्णय गरेको छ ।

    त्यर्सगरी २०७६ चैत्र १ पछाडि बाहिरी जिल्लाबाट स्थानीय तहमा आएका ब्यक्तिहरूको वैयक्तिक विवरण तथा भ्रमण इतिहास सम्बन्धित स्थानीय तहले तयार गरी प्रतिवेदन गर्ने, सम्भावित जोखिमबाट बच्नको लागि सम्भाब्य संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरूको सम्पर्क विवरणका लागि सहज हुने मोबाइल एप्लिकेशन नेपाल ट्रेस को प्रयोग गर्नरगराउन स्थानीय तहहरू र जिल्लाले जनसमुदायलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै उच्च सुरक्षा सावधानी अपनाएर दैनिक उपभोग्य सामाग्रीको ढुवानी तथा आपुर्ती व्यवस्था मिलाउन पनि निर्णय गरेको छ ।

    बोल्दै पछिल्लो समय प्रदेशमा भित्रिएका नागरिकहरुलाई केन्द्रीत गरी कोरोना परीक्षणलाई तीब्रता दिन निर्देशन दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्