
राजाधानी काठमाडौंबाट पैदलै हिडेर गाउँ फर्किने जारी छ । सरकार घोषणा गरेको लकडानको आज ३३ औं दिन हो । तर गाउँ जानेबारे सरकारले न निर्णय गरेको न त रोकिएको छ । दैनिक हजारौं मजदूर तथा अलपत्र परेकाहरु पोकापुन्तरा-लालाबालासहित आफ्नो जन्मथलो फर्कि रहेका छन् ।
काठमाडौंमा आकाशबाट पानी परिरहेका छ तर आसपासका जिल्लाबाट गाउँ जाने आशामा काठमाडौं झर्केको पनि लर्को नै छ । केही स्थानीय तहले व्यवस्था गरेर लगेका छन् भने केहीलाई विभिन्न क्षेत्रका व्यक्तिहरुको पहलमा गाउँसम पुगेका छन् ।
शनिबार विहान काठमाडौंको कलंकमा सम्पादन नगरिएको दृश्य
