News Portal

जेठ २ गतेसम्म हवाई उठान बन्द गर्ने समितिको निर्णय, लकडाउन पनि लम्बिने

२३९ पटक

काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरिय समन्वय समितिले हवाई उठान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । समितिको शनिबार बसेको बैठकले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाभाइरसको जोमिख अझै कामयमै भएको निष्कर्ष निकाल्दै समितिले तत्काल उठान सुचारु नगर्ने निर्णय गरेको हो । यही बैशाख १५ गतेसम्म यसअघि हवाई उडान बन्द गरिएको थियो । थप १५ दिन हवाई उडान बन्द गरिएको छ ।

जारी लकडाउनलाई पनि खुकुलो बनाउन नसकिने ठहरसहितको सुझाव समितिले सरकारलाई दिएको छ । लकडाउनबारे भोलि बस्ने मन्त्रिपरिषद बैठकले टुंगो लगाउन बताइएको छ ।

पहिलो पटक सरकारले चैत्र चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो । त्यसपछि वैशाख ३ सम्म प्रतिवन्ध लम्बाइएको थियो । त्यसपछि फेरि १८ गतेसम्म प्रतिवन्ध विस्तार भएको थियो ।

सरकारले आन्तरिक उडानसँगै विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन प्रतिवन्ध लगाएको छ । तर, विदेशी नागरिकलाई नेपालबाट लैजान अनुमति दिइएको छ ।

प्रतिकृया दिनुहोस्