News Portal

इटलीमा कोरोनाबाट १ सय ५० बढी डाक्टरको मृत्यु

डबली संवाददाता
१७५ पटक

काठमाडौं । कोरोनाभाइरसका संक्रमितको उपचारमा जुटेका स्वास्थ्यकर्मीको मृत्यु भइरहेको छ । सबैभन्दा इटलीमा सबैभन्दा बढी उपचारमा संलग्न चिकित्सकहरुको मृत्यु भएको छ ।

इटालीको डाक्टर एसोसिएशनले शुक्रबार दिएको जानकारी अनुसार इटालीमा हालसम्म १ सय ५० जना डाक्टरको मृत्यु भइसकेको छ भने दर्जनौं संक्रमित छन् । समग्र संक्रमितमा करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरु छन् ।

स्वास्थ्य स्याहारमा ध्यान नदिएको भन्दै इटलीको आलोचना हुन थालेको छ उपचारमा खटिने चिकित्सकहरुको स्वाथ्यलाई बेवास्ता गरिएको आरोप पनि लागेको छ । स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा सामाग्रीको अभावकै कारण ज्यान गुमाउनु परेको बताइएको छ ।

तर इटली सरकारले स्वास्थ्य स्याहार क्षेत्रलाई बचाउन २५ अर्ब युरो प्रदान गर्ने घोषणा गरेको छ । तर स्वास्थ्य संस्थाहरुले यो रकम पर्याप्त नरहेको बताएका छन् ।

इटालीमा अहिलेसम्म २५ हजार नौ सय ६९ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ भने एक लाख ९२ हजार ९ सय ९९४ जना संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्