News Portal

  • खुशीको खबरः काठमाडौँ र कञ्‍चनपुर कोरोनाबाट मुक्त, खतरा कायमै

    ३८८ पटक

    काठमाडौँ । कोरोनाभाइरस संक्रमणपछि काठमाडौँमा उपचार गराइरहेका सबैलाई निको भएको छ । टेकुस्थित शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार गराइरहेका सबै बिरामी घर फर्केका छन् ।

    कोरोनाभाइरस संक्रमण भएको पुष्टी भएपछि विभिन्न समयमा गरी अस्पतालमा भर्ना गरिएका पाँचै जना शुक्रबारसम्म आउँदा सबै निको भएर घर फर्केका छन् ।

    भारतसँग सीमा जोडिएका कञ्चनपुरमा एकजनामा संक्रमण देखिएको थियो । उनी पनि निको भएर घर फर्किसकेका छन् ।
    अहिलेसम्म थप संक्रमित नदेखिएपनि काठमाडौँमा खतरा अझैं कायम रहेको विज्ञहरुले जनाएका छन् ।

    स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर विधिबाछ ९ हजार ४ सय ८ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटीबाट ३८ हजार ८९ जनाको परीक्षण गरिएको छ ।

    अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । जसमा १० जना निको भएर घर फर्किसकेका छन् । आरडिटीबाट शंकास्पद रिपोर्ट आएकामध्ये ९ हजार ३ सय ५९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

    हाल १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा राखिएको छ भने ८९ जना आइसोलेशनमा राखिएको छ ।

    सबैभन्दा बढी २८ जना उदयपुरमा संक्रमित भएका छन् । अहिलेसम्म एकजनालाई पनि निको भएको छैन ।

    सुदूरपश्चिम प्रदेशको सबैभन्दा कैलालीमा पाँच जना संक्रमित भएका थिए । जसमा चारजना निको भएर घर फर्किसकेका छन् भने एकजनाको पनि स्वास्थ्य सामान्य भएको अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्