News Portal

  • अखिल क्रान्तिकारी काठमाडौँद्वारा समस्या परेका विद्यार्थीलाई राहत वितरण

    ५०० पटक

    काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) ले लकडाउनका कारण काठमाडौँमा समस्या परेका विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टका अनुसार पहिलो चरणमा लकडाउनका कारण साँझ विहानको गुजरा गर्न समस्या भएका विद्यार्थी र मजदूरहरुलाई सहयोग उपलब्ध गराइएको छ ।

    लकडाउनका सबैभन्दा बढी प्रभाव विद्यार्थी र दैनिक ज्यालादारी मजदुरलाई परेको भन्दै अखिल क्रान्तिकारी काठमाडौँले अभियानात्मक रुपमा राहत वितरण गरिरहेको छ । प्रचारको लागि मात्र नभएर समस्या समाधान हुनेगरी राहतस्वप विद्यार्थीहरुलाई सहयोग गरेको अध्यक्ष विष्टले बताए ।

    अध्यक्ष विष्टले स्थानीय तहले दिने राहतको लागि बनाइएको मापदण्डका कारण बास्तविक पीडितले राहत पाउन नसकेको बताए ।
    समस्या परेको बेला विद्यार्थीलाई सहयोग गर्नु आफूहरुको कतव्र्य भएको बताउँदै अध्यक्ष विष्टले राहत अभियान जारी रहेको समेत बताए ।

    त्यसैगरी राहत अभियानको क्रममा सहयोग गर्ने सबैलाई विष्टले धन्यवदा समेत दिए ।

    सरकारले वितरण गरेको राहत पक्षपातपूर्ण भएको र बास्तविक पीडितले नपाएको भन्दै निष्पक्ष रुपमा बास्तविक पीडितलाई राहत उपलब्ध गराउन अखिल क्रान्तिकारीले सरकारसँग माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्