News Portal

झापाका थप एकजनामा कोरोना संक्रमण, विदेशबाट आएका छोराबाट बुबामा कोरोना

२२५ पटक

काठमाडौं । शुक्रबार थप एकजनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितलाई विराटनगरस्थित कोरोना अस्पताल ल्याउने तयारी भइरहेको छ । उनका छोरा चैत्र ४ गते दुबईबाट काठमाडौँ आईपुगेका थिए ।

काठमाडौँबाट बस चढेर घर पुगेका उनीका परिवारको टेष्ट गर्दा श्रीमतीबाहेक सबैमा पोजेटिभ देखिएको थियो । सबैका थ्रोट स्बाव संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएर थप परीक्षण गरिएको थियो । मा पठाइएको थियो ।

प्रतिकृया दिनुहोस्