News Portal

  • सांसद अपहरणको आरोप लागेका किसनकुमार श्रेष्ठले भने- (नेकपा) फुट्न सक्छ

    २५४ पटक

    काठमाडौँ । समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको सत्तारुढ (नेकपा)का सांसद किसनकुमार श्रेष्ठले आफ्नो पार्टी फुट्न सक्ने बताएका छन् । उनले एक टेलिभिजन कार्यक्रममा बोल्दै श्रेष्ठले प्रधानमन्त्रीले सामाजवादी पार्टी फुटाउन नलागेको भन्दै भोलि जुनसुकै पार्टी पनि फुट्न सक्ने बताए ।

    “प्रधानमन्त्रीज्यूले समाजवादी फुटाउने भन्नु भएको छैन, घटनाक्रमले भोलि आफै फुट्न सक्छ । नेपाली काँग्रेस फुट्न सक्छ र भोलि (नेकपा) फुट्न सक्छ” श्रेष्ठले भने । अन्तरवार्ताको क्रममा आफूहरुलाई समाजवादी पार्टीकै नेताहरुले सहयोग मागेकोले आफूहरु सांसद यादवलाई ल्याउन गएको बताए ।

    कुराकानीको क्रममा श्रेष्ठले सांसद यादवले प्रधानमन्त्रीसँग भेट्न चाहना भएको बताएपछि आफूहरुले भेटाउने कुरा गरेको दाबी गरे । उनले आफूहरु यादवलाई ल्याउन गएको प्रधानमन्त्रीलाई जानकारी नभएको बताए । जबकी सांसद यादवले पूर्वआईजिपी सर्वेन्द्र खनालले वालुवाटारबाटै फोन गरेको र आउँदै गर्दा स्यम् श्रेष्ठले आफ्नै फोनबाट प्रधानमन्त्रीसँग कुरा गराएको बताइसकेका छन् ।

    यादवले आफूलाई दवाव दिएर काठमाडौँ ल्याएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्