News Portal

काठमाडौंसहित ठूला शहरहरु यसरी खुलाउँन सकिन्छ

डा. रमेश आचार्य
३४६ पटक

एउटा नयाँ एप्सको विकास गर्ने र उक्त एप्सभित्र रेड, एल्लो र ग्रिनजोन गरी तीन किसिमको तय गर्ने । शहरमा बस्ने प्रत्येक व्यक्तिलाई उक्त व्यक्तिको नाम, नागरिकता नम्बर र अस्थायी, स्थायी ठेगाना अनिवार्य गर्ने, व्यक्तिगत सूचना राखेर सम्बन्धीत व्यक्तिलाई हेल्थकोर्ड उपलब्ध गराउँने । प्रत्येक व्यक्तिको कम्तिमा ३ हप्ताको बिगतको रेकर्ड राख्न मिल्ने गरी बनाउनु पर्छ । त्यस एप्सभित्र शंकास्पद बिरामी, संक्रमित बिरामी र रोग नदेखिएका बिरामी गरी तीनमा बर्गिकरण गर्ने । प्रत्येक नागरिक घरबाहिर जाँदा र घरभित्र आउँदा प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्य कोर्डमार्फत प्रत्येक दिन ज्वरो र आफूमा देखिएका लक्षणहरु अपडेट गर्ने । यदि २१ दिनसम्म कुनै लक्षण र ज्वरो नदेखिएमा उक्त व्यक्तिको अपडेट अटोमेटिक ग्रिन बक्समा परिणत हुने बनाउँने ।

संक्रमित देखिएमा रेड बक्स र शंकास्पद केश भएमा पहले बक्समा परिणत हुन्छ । यसरी कुनै कारणले यातायातका साधनहरुभित्र, सुपरमार्केटमा तथा पार्कमा कुनै शंकास्पद व्यक्ति रहेछन् भने ग्रिन कोर्ड इन्भ्यालिड हुन्छ । शहरमा बस्ने प्रायजसो मानिसहरुमा जिपिअस कहाँ कति समय गइयो भन्ने कुरा सिस्टमले देखाउँछ । यो नयाँ एप्सको बिकास गरी शहरमा बस्ने सबै ब्यक्तिहरुलाई अनिवार्य हेल्थकोड उपलब्ध गराएमा प्रत्येक व्यक्तिले आफ्ना मोवाईलमार्फत स्क्यान गर्छ र स्क्यानमार्फत आफू स्वस्थ भएको नभएको, शंकास्पद व्यक्ति नजिक पुगे नपुगेको र संक्रमित व्यक्तिसँग नजिक भएनभएको थाहा हुन्छ । त्यसैले सरकारले यस्तो एप्सको विकास गरी हरेक सार्वजनिक स्थानमा स्टिकरहरु ठाउँठाउँमा टास्ने र व्यक्तिले स्क्यान गरेर स्वस्थयको जाँच गरी कहि पनि जान नसक्ने हुन्छ । यो नै २१ औँ शताब्दीको भाईरसविरुद्धको सबै भन्दा ठूलो रोकथामको उपाय हुन सक्छ ।

त्यसैगरी हालसम्म नेपालमा नेपालीहरुले अनिावर्य तापक्रम लिनुपर्दछ भन्ने बुझाई भएपनि सर्वसाधारण नागरिकहरुले घरमा थर्मोमिटर किनेर राखेका छैनन् । रेड जोन र एल्लो जोनमा पर्ने सबै जिल्लाहरुका नागरिकहरुलाई समूहमा विभाजन गरी प्रत्येक टोलमा कम्तिमा एउटा थर्मल गन उपलब्ध गराउँनु पर्छ । त्यस टोलमा काम गर्ने स्वास्थ्य स्वयम सेविकामार्फत तापक्रम लिनका लागि नागरिहरुलाई प्रोत्साहन गर्ने एवं सामाजिक दूरी कायम गर्न जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने ।

देशैभरिका ठूला शहरुमा पूर्ण रोकथाम नभएसम्मका लागि ठूला साना बाटोहरुमा कम्तिमा दिनमा एकचोटी सडक, सुपरमार्कोट, फोहरहरु थुपारिने ठाउँ, सार्वजनिक यातायात ससना गल्ली एवं चौतारीहरुमा डिसईन्फेक्सन गर्ने र सबै नागरिकहरुलाई मास्कको प्रयोग गर्न, अनिवार्य रुपमा दुई मिटरको दूरी कायम गर्न दिनमा चार पटकभन्दा बढी साबुन पानीले मिचिमिची हात धुने र स्यानिटाईजर प्रयोग गर्न प्रोत्साहन गर्ने ।
पिसिआर र आरडीटिको लाखौँ परीक्षण बेगर नेपालमा संक्रमित कति छन् भन्ने कुरा पत्ता नलाग्ने भएकाले सकभर सबै जिल्लाहरुमा पिसिआर र आरडिटी परिक्षण सञ्चालन गर्ने र कम्तिमा ५ लाखदेखि १० लाख व्यक्तिहरुको परिक्षण गर्ने लक्षय राख्ने ।

प्रतिकृया दिनुहोस्