News Portal

राष्ट्रपतिद्वारा विवादित दुबै अध्यादेश खारेज 

१९९ पटक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश खारेज गरेकी छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।

सरकारको सिफारिसमा यसअघि जारी गरिएका दुई शुक्रबार खारेज गरेकी छन् । संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राष्ट्रपतिले अध्यादेश खारेज गरेकी छन् ।

गत सोमबार राष्ट्रपतिले सोही अध्यादेश सरकारको सिफारिसमा प्रमाणीकरण गरेकी थिइन् । तर चौतर्फी विरोधपछि सरकारले शुक्रबार नै अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्