News Portal

  • पार्टी फुटाउन असफल भएपछि अध्यादेश फिर्ता लिने सरकारको निर्णय

    १३६ पटक

    काठमाडौं । सरकारले हालै जारी गरिएका दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार विहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

    पार्टीभित्र र बाहिर चौतर्फी विरोध खेपिरहेका प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने निर्णय गरेका छन् ।

    प्रधानमन्त्री आफै समाजवादी पार्टी फुटाउन लागेको खेल सार्वजनिक भएपछि चर्को विरोधबीच अध्यादेश फिर्ता लिने सरकार निर्णयमा पुगेको छ । अब सरकारले अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने संवैधानिक व्यवस्था छ ।

    सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्