News Portal

  • कोरोना अपडेटः मृत्यु हुनेको संख्या १ लाख ९१ हजार नाघ्यो, अमेरिकामा आधा लाख कट्‍यो

    १९३ पटक

    काठमाडौँ । कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ९१ हजार नाघेको छ । त्यसैगरी संक्रमितको संख्या २७ लाख २५ हजार ९२० पुगेको छ ।

    शुक्रबार विहानसम्म आइपुग्दा अमेरिकामा आधा लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोनाका कारण अमेरिकामा ५० हजार २ सय ४३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितका संख्या ९ लाख नजिक पुगेको छ ।

    त्यसपछि इटलीमा मृत्यु हुनेको संख्या २५ हजार ५४९ पुगेको छ । संक्रमितको संख्या दुई लाख नजिक पुगेको बताइएको छ ।

    स्पेन अहिले पनि तेस्रो स्थानमै छ । त्यसैगरी फ्रान्समा पनि मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । बेलायतमा पनि कोरोना नियन्त्रणमा आउन सकेको छैन ।

    त्यहाँ करिब १९ हजारको ज्यान गइसकेको छ ।

    प्रतिकृया दिनुहोस्