काठमाडौं । विहीबार थप दुई जनामा कोरोनाभइरस संक्रमण पुष्टी भएको छ । उदयपुर र जनकपुरमा गरी दुई जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विहीबार मन्त्रालयले दिएको जानकारीअनुसार उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण भएको पुष्टी भएको हो ।
उदयपुरको भुल्केकी थप एक महिलालाई पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ । अब भुल्केमा संक्रमितको संख्या २५ पुगेको छ ।
उनको पिसिआर विधिबाट गरिएको परीक्षणबाट कोरोना संक्रमण भएको पुष्टी भएको हो । उनको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।
