News Portal

मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनद्वारा ट्राफिक प्रहरीलाई ८ हजार मास्क हस्तान्तरण

१११ पटक

काठमाडौँ । मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (एमपीआईए) ले ट्राफिक प्रहरीलाई मास्क हस्तान्त्रण गरेको छ । कोरोनाभाइरस (कोभिड–१९)को महामारी रोकथाम तथा नियन्त्रणको क्रममा रातदिन खटिनु परेको भन्दै एमपीएले महानगरीय ट्राफिक प्रहरी महाशाखामै पुगेर ८ हजार थान मास्क सहयोग गरेको छ ।

सिंहदरबार बग्गीखानास्थित महाशाखा पुगेर एमपीआईएका अध्यक्ष दिपककुमार मलहोत्राको नेतृत्वमा पदाधिकारीहरुले संयुक्त रुपमा ट्रफिक प्रहरी प्रमुख भीमप्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका छन् ।

मास्क हस्तान्त्रण गर्दै अध्यक्ष मलहोत्राले कोरोनाभाइरसको महामारीविरुद्ध लडिरहेका ट्राफिक प्रहरीहरुलाई सुरक्षित राख्ने विश्वास व्यक्त गरे । कोरोनासँग सुरक्षित हुन मास्क निकै उपयोग भएको बताउँदै सहयोग गरेकोमा प्रमुख ढकालले धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस्