News Portal

डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न क्लासिटेकको सेवाग्राहीलाई आग्रह

डबली संवाददाता
५६६ पटक

काठमाडौं । इनटरनेट सेवा प्रदायक संस्था क्लासिटेक प्रा.लि.ले लकडाउनको अवधिभर आफ्ना सेवाग्राहीलाई डिजिटल माध्यमबाट बिम भुक्तानीको लागि आग्रह गरेको छ । लकडाउनको बेला सेवा सुचारु गर्न नेपाल दूरसंचार प्राधिकरणले दिएको निर्देशनको पालना गरिरहेको क्लासिटेकले घरबाटै बिम भुक्तानी गर्न सकिने बताएको छ ।

क्लासिक टेकले प्राधिकरणको निर्देशनअनुसार बिना भुक्तानी सेवालाई निरन्तरता दिइरहेको जानाकारी गराएको छ । विषम परिस्थितिमा सेवा निरन्त रुपमा सेवा प्रवाह गरेर नागरिकलाई सूचनाबाट पञ्चित नगराउन प्रयास गरिरहेको कम्पनीले बताएको छ ।

त्यसैगरी लकडाउनको अवधिमा अत्याधिक रुपमा इन्टरनेटको खपत हुने र त्यसको आर्थिक भार इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई पर्ने भएकाले सम्पूर्ण ग्राहकहरुलाई आफ्नो कार्यमा सहयोग पुर्याउन समेत कम्पनीले अनुरोध पनि गरेको छ ।

लकडाउनको सुरुदेखि सम्पुर्ण भुक्तानी प्रक्रिया डिजिटल माध्यमबाटै भइरहेको जानकारी गराउँदै कम्पनीले बिल भुक्तानी गर्न सक्ने ग्राहकलाई सोही माध्यमबाट गर्न अनुरोध गरेको छ । तर, डिजिटल माध्यमबाट पनि बिल भुक्तानी गर्न नसक्ने सेवाग्राहीहरुको घरमा उच्च सुरक्षाका साधानी अपनाउँदै कर्मचारी पठाउने कम्पनीका मार्केटिङ अफिसर नितेश श्रेष्ठले जानकारी दिए ।

अनलाईन बैकिङ्ग, अनलाईन ऐजुकेसन, कर्पोरेट काम, अनलाईन मेडिकल परामर्श जस्ता चुनैतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ । यस्तो परिस्थितिमा पनि निरन्तर सेवा प्रवाह गर्न सक्नु नै सबैभन्दा ठुलो चुनौती भएको छ। हामी सेवा प्रदायकहरूले विभिन्न किसिमको चुनौतीका बिचमा निरन्तर सेवा प्रदान गरिरहनु पर्ने बाध्यात्मक मात्र नभएर राज्य र जनताको हामी सेवा प्रदायकहरू प्रतिको अटुट स्नेहलाई अझ मज्बूत गर्नुपर्ने गहिरो जिम्मेवारी पनि इन्टरनेट सेवा प्रदायक संस्थाको कााँधमा आएको बोध भएको कम्पनीले जनाएको छ ।

“ग्राहकवर्गलाई अटुट रुपमा सेवा प्रवाह गरिरहन अहोरात्र खतिरहने हामी सेवा प्रदायकहरुका सम्पूर्ण कर्मचारीहरुको मासिक भुक्तानी दिन समेत् समस्या सिर्जना भएको छ । यसकारण निरन्तर सेवा प्रवाह गराईर हनसकौ भन्ने हेतुले हामी सम्पूर्ण सेवा प्रदायकहरू डिजिटल भुक्तानीका माध्यममा पहिलेदेखिनै जोडिसकेका हुँदा माथि उल्लेखित शाररिक हिसाबले पूर्ण रुपमा अशक्त, घरमा कुनै सहयोगी नभएका बृद्धावृद्ध घरायसी ग्राहकहरुका हकमा बाहेक अन्य ग्राहकवर्गज्यूहरुलाई डिजिटल भुक्तानीका माध्यमबाट इन्टरनेट सेवाको समयमै भुक्तानी गरि सेवा सुचारु गर्नुहुन अनुरोध गर्दछौं । त्यति मात्र नभई आवश्यक परेको ग्राहकहरुका घरमा हाम्रो कर्मचारीहरु सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटकासाथ ३ मिटरको दुरी राखेर बिल भुक्तानीको निम्ति ग्राहकहरुका घरमा पनि आउने छन्” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्