News Portal

  • नेपालमा पहिलो पटक नर्समा कोरोना

    ४१६ पटक

    काठमाडौँ । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोनाभाइरय पोजेटिभ देखिएको छ । र्यापिड टेष्टको क्रममा काठमाडौंमा दुई जना नर्समा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको छ ।

    त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालमा कार्यरत दुईजना नर्समा कोरोनाभाइरस पोजेटिभ देखिएको हो । उनीहरूलाई सोमबार नै टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

    उनीहरुको पिसिआर परीक्षणको नतिजा आउन बाँकी छ । यो रिपोर्ट आएपछि मात्रै कोरोना संक्रमण भए वा नभएको टुंगो लाग्नेछ ।
    कैलालीमा कोरोना स्थानीयमा संक्रमण भएको थियो भने उदयपुरमा समुदायमा संक्रमण भइसकेको छ । यदि पिसिआर विधिबाट पनि नजिता पोजेटिभ आएमा कोरोना नेपालमा चौथो चरणमा पुगेको मानिनेछ ।

    भारतमा एउटा अस्पतालका डाक्टर र नर्समा कोरोना संक्रमण भएपछि बन्द गरिएको थियो भने इटली मर्नेको संख्या डेढ सय पुगेको छ ।

    प्रतिकृया दिनुहोस्