News Portal

  • कोरोनाको इपिसेन्टर उदयपुर बन्दै, थप एकजना संक्रिमत भएको पुष्टी

    १६९ पटक

    काठमाडौँ । उदयपुर जिल्ला कोरोनाभाइरसको केन्द्र बन्ने देखिएको छ । थप एकजनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबार उदयपुरका एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको बताए । पिसिआर विधिबाट परीक्षण गर्दा उदयपुरका ३३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए ।
    योसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ । जसमा उदयपुरमा मात्रै १४ जना पुगेका छन् ।

    कैलाली कोरोनाको केन्द्र बन्ने चिन्ता गरिएपनि अहिलेसम्म पाँच जनामा मात्रै संक्रमण देखिएको छ । जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन् ।

    भारतबाट मस्जिदमा आएकाहरुमा कोरोना संक्रमण देखिएसँगै उदयपुरमा यो संख्या पुगेको हो ।

    प्रतिकृया दिनुहोस्