News Portal

  • ओलीलाई चक्‍मा दिने प्रचण्डको तयारी, पूर्वमाओवादी नेताहरुलाई दिए यस्तो निर्देशन

    ३१५६ पटक

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन सजिलो बनाउन अध्यादेश ल्याएपछि सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ (नेकपा) भित्र ठूलो हलचल मच्चिएको छ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी फुट्न सक्ने भन्दै सबैलाई नताहरुलाई सतर्क हुन भनेका छन् ।

    मन्त्रिपरिषदले अध्यादेश प्रमाणीकरणको लागि राष्ट्रपतिलाई सिफारिस गरेलगत्तै प्रचण्डले पूर्वमाओवादी नेताहरुलाई काठमाडौँ नछोड्न निर्देशन दिएका छन् । प्रचण्ड निकट स्रोतका अनुसार नेता वामदेव गौतम, माधवकुमार नेपालसँग पनि फोनमा छलफल गरेका छन् ।

    प्रचण्डले पार्टी जुनसुकै बेला पनि फुट्न सक्ने संकेत गर्दै पूर्वमाओवादीबाट स्थायी कमिटी सदस्यहरुलाई उपत्यका नछोड्न निर्देशन दिएका हुन् । “अवस्था गम्भीर भएको छ, तपाईँहरु उपत्यका नछोड्नुहोला” प्रचण्डले भनेको एक नेताले बताए ।

    त्यसैगरी उपत्यका बाहिर भएका नेताहरुलाई पनि प्रचण्डले चाँडो काठमाडौँ पुग्न निर्देशन दिएको स्रोतले बतायो ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्न व्यवस्था गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ । उक्त अध्यादेश राष्ट्रपतिले जारी गरिसकेकी छन् ।

    (नेकपा)को स्थायी कमिटीमा ४४ सदस्यीय रहेको छ । जसमा पूर्वमाओवादीबाट १८ जना छन् । स्रोतका अनुसार प्रचण्डले पार्टीको केन्द्रीय समिति र संसदीय दल दुबैमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको ४० प्रतिशत पुग्‍न नदिने गरी नेताहरु नेपाल, झलनाथ खनाल, गौतमसँग छलफल अगाडि बढाएका छन्।

    राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी, ओलीले चाहेको बेला पार्टी फुटाउन सक्ने

    कोरोनाले (नेकपा) फुटतिर ! ४० प्रतिशतको प्रावधान हटाउन अध्यादेश

     

    प्रतिकृया दिनुहोस्