काठमाडौं । कोरोनाभाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख ६५ हजार नाघेको छ । त्यसैगरी विश्वभर संक्रमितको संख्या २४ लाख ७ हजार नाघेको छ ।
अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार पछिल्लो चौबिस घण्टासम्म आउँदा अमेरिकामा ४१ हजार ३७९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी ७ लाख ६९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अमेरिकामा ४१ लाख ८० हजार मानिसको कोरोना टेष्ट गरिएको छ । २० हजार ४५३ जनाको मृत्यु भएको छ ।
पछिल्ला पटक फ्रान्समा मृत्यु हुनेको संख्या बढेको छ । सोमबार विहानसम्म फ्रान्समा १९ हजार ७१८ जनाको मृत्यु भएको छ ।
त्यस्तै बलायतमा मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ ।
