News Portal

परिवार दलले दियो पत्रकारलाई मास्क

२०२ पटक

काठमाडौं । नेपाल परिवार दलले पत्रकारहरुलाई मास्क उपलब्ध गराएको छ । विश्वभर फैलिएको कोरोना भाइसरको  समाचार सम्प्रेशणको लागि खटिने पत्रकारहरुका लागि भन्दै नेपाल पत्रकार महासंघलाई आइतबार प्रदान गरिएको हो ।

परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले मास्क महासंघका अध्यक्ष गोबिन्द आचार्यलाई हस्तान्तरण गरेका छन् । सामाजिक उत्तरदायित्व तथा नागरिकहरूलाइ सूचना प्रवाह जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका पत्रकारहरुका लागि थोरै भएपनि सुरक्षा सामाग्रीको रुपमा मास्क उपलब्ध गराएको अध्यक्ष ढकालले बताए ।

परिवार दलल १ हजार ५ सय थान मास्क पत्रकार महासंघलाई उपलब्ध गराएको छ । अध्यक्ष ढकालले भने, ‘दिनरात नभनी अहोरात्र खटिनु भएको छ, सञ्चारकर्मी नै सुरक्षित रहेन भने जनताले सहि सूचना पाउदैँनन् त्यसैले सुरक्षार्थ सानो सहयोग गरेको हुँ।’ उनले अहिलेको महामारीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी नै पहिलो मोर्चामा हुने भएकोले आफनो दलले सक्ने सहयोग लिएर महासंघ आईपुगेको बताए ।

महासंघका अध्यक्ष आचार्यले कोरोनाको समाचार संकलन तथा सम्प्रेशणको लाथि फिल्डमा खटिने सबै क्रियाशिल पत्रकारहरुलाई उपलब्ध गराइने बताए । कोरोना कहरको यो अवस्थामा जोखिम मोलेर पनि जनतालाई सूचना प्रवाह गर्न फिल्डमा खटिने पत्रकारहरुका लागी सुरक्षा कवज उपलब्ध गराएकोमा आचार्यले महासंघको तर्फबाट परिवार दललाई धन्यबाद दिएको छ ।

अध्यक्ष आचार्यले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको तर  त्यहीँ सूचना जनतासम्म पुर्याउने पत्रकारलाई सरकारले कुनै वास्ता नगरेको भन्दै गुनोसो समेत गरे । आचार्यले  पत्रकारको  लागि पनि राज्यले बीमा र  आवश्यक पर्ने इन्टरनेट बिजुलीलगायतका कुरामा पनि राज्यले सहुलियत दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्