News Portal

  • कोरोना अपडेटः मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो, अमेरिकामा ४० हजार नजिक

    २२१ पटक

    काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनमा दोगुण र रात चौगुणा रुपले बढिरहेको छ । आइतबार विहानसम्म आइपुग्दा विश्वभर मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।

    विश्वभर मृत्यु हुनेको संख्या १ लाख ६० हजार ७ सय ६३ पुग्दा अमेरिकामा मात्रै ४० हजार नजिक पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

    त्यस्तै संक्रमित पनि सबैभन्दा धेरै अमेरिकामै छन् । संक्रमितको संख्या साढे सात पुग्न लागेको छ । विश्वभर २३ लाख ३२ हजार संक्रमित छन् ।
    दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७५ हजार बढी संक्रमित छन् ।

    कोरोनाबाट मृत्यु हुनेमा स्पेन तेस्रो स्थानमा छ । स्पेनमा मृतकको संख्या २० हजार ६ सय नाघेको छ भने करिब दुई लाख व्यक्ति संक्रमणको शिकार भएका छन् ।

    फ्रान्समा १८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १५ हजार ४ सय नाघेको छ ।

    फ्रान्समा १ लाख ५१ हजार व्यक्ति संक्रमित छन् भने बेलायतमा सक्रमित हुनेमा १ लाख १४ हजारभन्दा बढी रहेका छन् ।

    छिमेकी भारतमा मृत्यु हुनेको संख्या ५ सय २१ पुगेको छ भने संक्रमितको संख्या १७ हजार नजिक छ ।

    प्रतिकृया दिनुहोस्