News Portal

  • मस्जिदमा बसेका थप एक भारतीय कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ३१

    १९५ पटक

    काठमाडौं । नेपालमा थप एकजना कोरोनाभाइरस संक्रमित भएको पुष्टी भएको छ । उदयपुरको एक मस्जिदमा बसेका थप एकजना भारतीय कोरोना संक्रमित भएको पुष्टी भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको छ ।

    यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै उदयपुरमा १२ जना भारतीय नागरिक कोरोनाभाइरस संक्रमित भएका छन् । कोरोना संक्रमित ती भारतीय नागरिक र अरु तीन नेपालीलाई शुक्रबार राति मोरङको टाँडीस्थित क्वारेन्टाइन स्थलमा लगिएको थियो ।

    अब नेपालमा कोरोनाका संक्रमित हुनेको संख्या ३१ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्