News Portal

  • जनकपुरमा रुपैयाँ फाल्ने नन्द र भाउजु कोरोना संक्रमित, कोरोना फैलाउन खोजेको आशंका

    ३७३ पटक

    काठमाडौँ । जनकपुरमा रुपैयाँ बाटोमा फाल्ने नन्द भाउजु कोरोना संक्रमित भएको पुष्टी भएको छ । लकडाउनबीच रुपैयाँ छरेर फरार भएकी दुई महिलालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि मात्रै उनीहरु नन्द भाउजु भएको पत्ता लागेको थियो ।

    शनिबार आरडीटी विधिबाट परीक्षण गर्दा दुबै महिलाको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुको थप परीक्षणको लागि स्वाब संकलन गरी पिसीआर विधिबाट परीक्षण भइरहेको बताइएको छ ।

    शुक्रबार जनकपुरधामको महावीर चोकस्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेको स्थानीयले देखेका थिए । उनीहरुले शंकास्पद तरिकाबाट रुपैयाँ फालेर फरार भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरुलाई शनिबार पक्राउ गरेर परीक्षण गराएको थियो । दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्दै आएको समेत प्रहरीले पत्ता लगाएको छ । उनीहरुलाई जानकी मन्दिर नजिकैबाट पक्राउ गरिएको थियो ।

    प्रहरीले सिसिटीभी फुटेजहरुका आधारमा जोखीकार्य सुरु गरेको थियो । उनीहरुमा कोरोना पोजेटिभ देखिएकोले फैलाउन रुपैयाँ फ्याकिएको हुन सक्ने स्थानीयले शंका गरेका छन् ।

    प्रतिकृया दिनुहोस्