News Portal

  • खुशीको खबरः प्रसिद्धिले कोरोनासँग जितिन्, प्रधानमन्त्रीले दिए बधाई

    २०८ पटक

    काठमाडौं । प्रसिद्धि श्रेष्ठले कोरोनाभइरससँग जितेकी छन् । नेपालमा दोस्रो संक्रमित श्रेष्ठ सन्चो भएर अस्पतालबाट घर फर्केकी छन् । टेकुस्थित शहीद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा २७ दिनको उपचारपछि पूर्ण रुपमा निको भएर शनिबार श्रेष्ठ घर फिर्ता भएकी हुन् ।

    अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाका अनुसार श्रेष्ठलाई कोरोना भाइरसको संक्रमणबाट पूर्ण रुपमा निको भएकी छिन् । उनी दुबई हुँदै काठमाडौं आएकी थिइन् । उनलाई कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना गरेर उपचार गरिएको थियो ।
    आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छिन् । उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

    काठमाडौं घर भएकी श्रेष्ठ चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । नमूना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोरोना संक्रमण भएको पुष्टी भएपछि श्रेष्ठलाई चैत १० गते अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

    श्रेष्ठसँगै कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू धौलागिरि अस्पतालमा उपचाररत छन् ।

    शुक्रबार मात्रै एकै दिन १२ संक्रमितको पुष्टी भएसँगै निरास भएको नेपाली समाज प्रसिद्धिको डिस्चार्जसँगै खुशी भएको छ । र उपचारमा गराइरहेकाहरुको मनोवल समेत बढेको चिकित्सकहरु बताउँछन् ।

    योसँगै नेपालमा सन्चो हुनेको संख्या २ पुगेको छ ।

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसिद्धिलाई बधाई दिनुको साथै उपचार खटिका चिकित्सक र कर्मचारीलाई धन्यवाद दिएका छन् ।

    प्रतिकृया दिनुहोस्