News Portal

  • हल्लाः नेपालका कोरोना संक्रमित दिल्लीमा, बास्तविकताः दिल्लीका ११ कोेरोना संक्रमित नेपालमा

    २६३ पटक

    काठमाडौँ । केही दिन पहिले भारतीय संचारमाध्यमहरुले नेपालबाट ४० जना कोरोनाभाइरस संक्रमितहरु योजनाबद्ध रुपमा दिल्ली आएको समाचार सम्प्रेशण गरे । उनीहरुले नै दिल्लीमा कोरोनाभाइरस फैलिन सहयोग गरेको दाबी गरिएको थियो । सीमा खटिएका भारतीय सुरक्षाकर्मीलाई हवाला दिँदै भारतीय संचारमाध्यमहरुले नेपालबाट कोरोना संक्रमितहरु भारतमा पनि फैलाउन योजनाबद्ध रुपमा दिल्ली पुगेको दाबी गरे । नेपालका स्थानीय मुस्लिम नेताहरुले पाकिस्तानाको योजनामा भारतमा कोरोनाभाइरस फैलाउने योजना बनाएको झुट समाचारले केही दिन सनसनी मच्चायो ।

    यस घटनाबारे एक स्थानीय तहका जनप्रतिनिधिलाई नै जोडेर प्रचार गरियो । तर, नेपाल सरकारले आधिकारीक रुपमा कुनै प्रतिक्रिया दिएन । नेपाल सरकार नबोल्नुलाई पनि भारतीय संचारमाध्यमहरुले समाचार बनाए ।

    भारतीय संचारमाध्यमहरुले चलाएको हल्लापछिको बहस र चर्चा सकिने नपाउँदै बास्तकि घटना अगाडि आयो । शुक्रबार नेपालमा ११ भारतीय नागरिक कोरोना संक्रमित भएको पुष्टी भयो । उदयपुरको एउटा मस्जिदमा बसेका उनीहरु गरिएको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टी भएको हो । उनीहरुको सम्पर्कमा भएको एक नेपालीलाई पनि कोरोना संक्रमित भएको पुष्टी भएको छ ।

    भारतीय नागरिकहरु १० दिल्लीका र एक जना उत्तरप्रदेशका रहेको बताइएको छ । उनीहरु सबैलाई विराटनगरको कोरोना विषेश अस्पतालमा राखेर उपचार सुरु गरिएको छ ।

    योसँगै नेपालमा कोराना संक्रमित हुनेको संख्या ३० पुगेका छ ।

    प्रतिकृया दिनुहोस्