News Portal

बहराइनमा ४९ जना नेपालीलाई कोरोना संक्रमण, दूतावासले निकाल्यो यस्तो विज्ञप्ति

२७४ पटक

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका ४९ जना नेपालीलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टी भएको छ । थप २७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएसँगै यो संख्या पुगेको बहराइनस्थित नेपाली दूताबासले जनाएको छ ।

दूतावासले शुक्रबार विज्ञप्ति जारी गरेर थप २७ नेपालीमा कोरोना भाइरस भएको जनाएको छ ।

बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

प्रतिकृया दिनुहोस्